तमू समाज केन्ट यूकेका सम्पूर्ण आदरणीय बाबाआमा, दाज्युभाई तथा दिदीबहिनी साथै शुभचिन्तकज्यूहरुमा छ्याँजालो, नमस्कार!

हामीले मातृभूमि नेपालको लागि संकलन गरेको आर्थिक सहयोग संकलित रकमलाई नेपालमा कसरी हस्तान्तरण गर्ने भन्ने बारे कार्यसमितिले बृहत छलफलहरु गरेर तल उल्लेखित अन्तिम निर्णयहरु गरेको हजुरहरु सबैजनालाई जानकारी गराउन चाहन्छु।

) हाम्रो समाजको महिला संयोजक बहिनी पबित्र गुरुङलाई रु. १ लाख रुपैया

) वैज्ञानिक डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई रु. ३लाखरुपैया

) ग्रीन सिटी हस्पिटललाई रु. ५ लाख ७७ हजार रुपैया

उक्त आर्थिक सहयोग रकमको बिस्तृत विवरण यस प्रकार रहेको छ:-

१०२ जना सहयोगी हातहरूबाट उठेको सहयोग रकम £६५८४ र समाजको कोषबाट £७०० गरी जम्मा भएको रकम £७२८४

एनआरएनए यूकेलाई २ वोटा अक्सिजन कन्सन्ट्रेटरको लागि हस्तान्तरण रकम £१४००

नेपालमा पठाउनको लागि जम्मा भएको अन्तिम रकम £७२८४ – £१४०० = £५८८४

नेपाल पठाउनको लागि जम्मा भएको £५८८४ लाई £ = १६६ रुपैयाको दरले नेपालमा पठाउदा जम्मा भएको रकम रु. ९ लाख ७६ हजार ७ सय ४४ रुपैया तर हाम्रो समाजको पैसा भनेर २ सय ५६ रुपैया बढी दिएर हामीलाई रु. ९ लाख ७७ हजार दिनुभएको छ।

हामीले एनआरएनए यूकेलाई समाजको तर्फबाट २ वोटा अक्सिजन कन्सन्ट्रेटर अर्थात १४०० पाउण्ड मे महिनाको २४ तारिख हस्तान्तरण गरिसकेको पनि सबैलाई जानाकारी गराउन चाहन्छु।

हामीले उठाउन सफल भएको सहयोग रकम हाम्रो समाजका पुर्वअध्यक्ष एवं वर्तमान कार्यसमितिको सल्लाहकार चित्र कोन्मे दाईको बैंक खातामा जुनको ७ तारीख ९ लाख ७७ हजार रुपैया जम्मा भईसकेको र चित्र दाई, पबित्र बहिनी र नेपाल टेलिभिजनका बद्री काजी गुरुङको संयोजकत्वमा सहयोगको लागि संकलित रकम छिट्टै पारदर्शी तरिकाले हस्तान्तरण गर्ने योजना भईरहेको पनि हजुरहरु सबैजनालाई जानाकारी गराउन चाहन्छु।

लकडाउनले गर्दा नेपालमा ठीक समयमा कामहरु नहुने र कोभिड१९ को असहज परिस्थितिका कारण संकलित रकम हस्तान्तरणको लागि अलि ढिलो हुन गएकोमा हामी क्षमा पनि चाहन्छौ।

अन्तमाफेरीपनिसम्पूर्णसहयोगीहातहरूलाईयहाँहरूकोसहयोगप्रतिहार्दिकआभारसहितधेरैधेरैधन्यवादव्यक्तगर्दछु।

धन्यवाद।

गोलमान गुरुङ

महासचिव

तमू समाज केन्ट यूक