बदलिदो समयको साथ साथमा संसार पनि बदलिदो छ । यसको अतिरिक्त मानिसहरुको भावना, विचार तथा सोचाईहरु पनि बदलिदै गएको पाईन्छ। संसारका बिकसित राष्ट्रहरुले ऐतिहासिक तथा पुराना कुराहरुको संरक्षण र संबर्धन गरेको पाईन्छ भने बिकाशोन्मुख राष्ट्रहरुले बिकाशलाई पछ्याउने क्रममा पुराना तथा ऐतिहासिक कुराहरु त्याग्दै र मेटाउदै गएको पाईन्छ । यी कुराहरुको महत्व तब हुन्छ जब मानिसहरु ति मेटिएका तथा हराएका चिजहरुको महत्व बुझ्दछन। किनकी नयाँ र राम्रो चिजहरुको तुलनामा पुरानो र थोत्रो चिजको महत्व नगन्य देख्छन ।
मानिसहरु जति शिक्षित, विकासित र सम्पन्न हुँदै जान्छन त्यति नै लोभ, घमण्ड, ईर्ष्य र व्यक्तिगत स्वार्थ्य को पनि बिकाश भएको पाईन्छ। यस्ता चरित्रहरुको प्रभाब समाजमा पनि परेको पाईन्छ। एकाईसौ शताब्धिको सुरुवात संगै बिकशित मुलुकहरुमा निम्न तहका श्रमिकहरुको अभाब महसुश भएका कारण विकासोन्मुख देशहरु तथा तेस्रो बिस्वका मुलुकहरुबाट आर्थिक अध्यगमनको संख्यामा तिब्र बृध्दि भएको पाईन्छ। यसै क्रममा सन् २००४ को नोभेम्बर महिनामा यू के का लेबर सरकारबाट सन् १९९७ साल पछि अवकाश पाएका भुतपुर्ब गोर्खा सैनिकहरुलाई आवशिय प्रवेशको अनुमति दिए। त्यस पछि लगतै सन् २००९ पछि सन् १९९७ भन्दा पहिला अवकाश प्राप्त तथा कटौतीमा परेर घर पठाइएका पुर्ब गोर्खाहरुलाई पनि आवशिय प्रवेश अनि अनिश्चितकालिन बस्न पाउने इजाजत मिल्यो। फलस्वरूप आफ्नो देशमा राजनीतिक अस्थिरता र रोजगारीको अभाबको कारण सतप्रतिशत गोर्खा र उनीहरुका परिवारहरु बेलायत आएर बस्न थाले । यति सम्म कि भुतपुर्ब सैनिकहरु बसोबास गर्ने गाउँ घर तथा शहरहरु नै रित्तो हुने गरि बसाईं सराई भयो। अहिले संसारभरि नेपालीहरुको बसोबास यत्रतत्र पाईन्छन। बसाई सराईको क्रममा मानिसहरुले आफ्नो रितिरिवाज, परम्परा र संस्कृतिलाई पनि संगसंगै लगेका हुन्छन। बिगत दश बर्षभित्र बेलायतमा नेपाली मुलका विभिन्न जातजातिहरुमा आधारित तथा नेपाली संघ संस्थाहरुको स्थापना भएको पाईन्छन र यो क्रम अझै उत्तरचढाव मै रहेको छ।
समग्रमा हामी सबै नेपाली भएता पनि संघ संस्थाहरुको स्थापना र त्यसमा आधारित क्रियाकलापहरुलाई बिश्लेषण गर्दा जातिय महत्वलाई बढी ग्राहेता दिइएको अनुमान गर्न सकिन्छ। फलस्वरूप जात जाति एक आपसमा एक किसिमको प्रतिस्पर्धा र जाति भित्रै अन्तर्निहित मतभेद नभएको भन्न नसकिने अवस्था पनि छैन। जातिय संघ संस्थाहरुको औचित्य भन्नु नै आफ्नो जातिसंग अन्तर्निहित भाषा, भेषभूसा, परम्परा र संस्कारको संरक्षण र संबर्धन गर्नुको अतिरिक्त नेपाली समाजको बिकाश र उत्थानमा अपरिहार्य भूमिका निभाउनु हो भन्ने लाटो बुझाई छ। तर आजको समाज भित्र भिन्नै उदेश्यको खोजि भएको हो कि भन्ने प्रश्न स्वाभाविक हुन्छ कि संघ संस्थाहरु एक पछि अर्को गर्दै च्यारिटीमा दर्ता हुदै गएको अवस्था बिध्यमान छ। यसै सिलसिलामा एउटा समुदायको बिषयमा चर्चा गर्ने जमर्को गर्दैछु जुन समुदायलाई बेलायतमा थुप्रै समुदायहरु मध्ये एक अग्रज तथा प्रतिष्ठित समुदायको रुपमा पटक पटक पत्र पत्रिकामा लेखिएको पढ्न पाईन्छ त्यो हो तमु जाति। यस जातिको विकास र उत्थान जति जन्मभुमि नेपालमा भैरहेको छ त्यति नै प्रबल प्रबासमा पनि भैरहेको अवस्था छ। संघ संस्थाहरु खोलिनुको अर्को औचित्य भनेको यस्ता संस्थासित अन्तर्निहित बर्गको जीवन शैलीलाई सहज तथा कठिनाईहरुको समाधान गर्नु भन्नुमा फरक नपर्ला। तर संस्थामा अन्तर्निहित बर्गको सहजता खोज्नुको विकल्पमा असहजताको बाताबरण पनि खडा भएको पाईन्छ। संस्था हाँक्नेहरुले सामाजिक वा धार्मिक उदेश्यले संस्था खडा भएको भनिएता पनि आफ्नै मूल्य र मान्यतामा चलेको पाईन्छ जसको कारण जातीय एकता र उत्थान ओझेलमा पर्न सक्ने प्रबल सम्भावना देखिन्छ । तमु हरु आज कुन संस्था प्रति अनुबन्धित र उतादायी हुने भन्ने अन्योलमा छन् जब की एक भाईको गन्तब्य अर्को भाईसंग फरक पर्दछ।
तमुहरु प्रति परिबेक्षकको हेराई हिजो भन्दा आज भिन्न र दुर देखिन्छ। हिजो तमुहरु बिचको बिभाजन को आरोप तत्कालिन शासक बर्गलाई तथा बाहुन क्षेत्रीलाई दिइयो भने आज कसलाई दिने ? तमुहरुको घरेलु मामिलामा तेस्रो पक्षलाई दोसारोपण गर्नु कसको कमजोरी ? तमुहरुको मौलिक संस्कार अनि चाडपर्बलाई सहि ढंगले संरक्षण र संबर्धन गर्न तमु एकता अपरिहार्य छ। सजिलो मात्रै हेर्दै जाने हो र संस्कार नबुझ्ने हो भने भोलि आउने पिंडीमा अरु नै धर्मले अखडा जमाउने निश्चित छ। संस्कार जन्म संगै आउछ भने धर्म चेतना पश्चात। तमु ल्होसारलाई सहभागिताको कमि र आर्थिक घाटा सहनु पर्ने कारण देखाई हाम्रा ठुला संस्थाहरुले पनि ल्होसारकै दिनमा मनाउन नसकेको अवस्था छ भने यसले भाबी पिडिमा कस्तो शिक्षा हस्तान्तरण गर्दछ। नाम र प्रचुरताको लागि चाडपर्ब मनाउदै जाने हो भने यसको मौलिकतामा फितलोपन नआउन भन्न सकिदैन।
तमु नेतृत्व बर्गमा सच्चा तमु भावना र उद्दार विचारको खाँचो छ जसले तमु एकतालाई ध्रुविकरण हुनुबाट बचावट गरोस र फलस्वरूप तमु पहिचान र अस्तित्व रहिरहोस।

– चित्र तकुरहो कोन्मे तमु