केन्ट 31/12/2017

केन्ट स्थित फल्कस्टोनको हकिङ कम्युनिटी सेन्टरमा तमु समाज केन्ट द्वारा आयोजित तमुहरुको महान पर्ब खि-ल्होसार तथा १० औं वार्षिकोत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। च्या-ल्हो (चरा वर्ग) को बिधाई र खि-ल्हो (कुकुर वर्ग) को आगमनको पावन अवसरमा सु-सम्पन्न भएको उक्त तमु ल्होसार कार्यक्रममा अहिले सम्मकै सबै भन्दा बढी संख्यामा केन्ट बासी तमुहरुको सहभागिता भएको थियोे। हकिङ का मेयर जोन हिअस्मानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा काउन्सिलर नवीन सिवा, 1 RGR का गोर्खा मेजर अनि RSM साथै केन्टमा अबस्थित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

उपस्थित सम्पुर्ण पाहुनाहरु लाई गुरुङहरुको प्रचलन अनुसार गाउँ घर तिर कै तरिकाले रोटी र तीन पाने रक्सीले भब्य स्वागत गरेका थिए। तमु समाज केन्टको अध्यक्ष बल राम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको समुद्‍घाटन समाजका अध्यक्ष र प्रमुख अतिथिले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि नेपाल र बेलायतको राष्टिय गान बजाइएको थियो।

कार्यक्रममा समाजका सचिव श्री शेखर गुरुङ बाट हेल्थ एन्ड सेफ्टि सम्बन्धी जानकारी गरेको थियो भने कार्यक्रम संचालन समाजका महासचिब श्री गोलमान गुरुङले गरेको थियो। उपस्थित सबैलाई समाजका प्रथम उपाध्यक्ष एवं ल्होसार कार्यक्रम संयोजक श्री सुर्य गुरुङले स्वागत मन्तब्य राखेको थियो। स्वागत मन्तब्य पछि उपस्थित सबैलाई सुन्दर गुरुङ नित्य प्रस्तुत गरेका थिए। यसैगरी औपचारिक कार्ययक्रमको अन्तमा उपस्थित सबैलाई समाजका अध्यक्ष श्री बल राम गुरुङले धन्यबाद मन्तब्य राखेका थिए।

सोही अबसरमा कार्यक्रमका प्रमुख अतिथी मेयर जोन हिअस्मानले तमु समाज केन्टले आयोजना गरेको खि-ल्होसार एवं १० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाउदा खुशी ब्यक्त गर्दै तमु समाज केन्टको उक्त कार्यक्रममा सम्मानित ब्याक्तित्वहरुमा हार्दिक बधाई सहित सबैलाई ल्होसारको छोटो शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक सुमित्रा गुरुङ र पबित्र गुरुङको नेतृत्वमा सन्चालन गरेको थियोे। स्वागत गान बाट आरम्भ भएको खि-ल्होसार सांस्कृतिक कार्यक्रममा स्थानिय कलाकार महेश गुरुङले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए। आस फोर्डका “गुरुङ आमा समूह” द्वारा मेजर पेन्सन खाउली गीतमा धुमधाम रमाइलो नाचगान लगायत अन्य स्थानिय कलाकार भाईबहिनिहरुले सुन्दर गुरुङ नृत्यहरु प्रस्तुत गरीएको थियो। सांस्कृतिक कार्यक्रमको कलाकारहरुमा पुजा घले, चिना गुरुङ, अस्मा गुरुङ, पबित्र गुरुङ, रुबिका गुरुङ, कृतिमा गुरुङ, निकिता गुरुङ,सिम्रा गुरुङ, खुशा गुरुङ, योगि गुरुङ, शुश्मा गुरुङ, सन्ध्या गुरुङ लगायत अन्य कलाकारहरुको मनमोहक नृत्य र अन्त्यमा गायीका सन्ध्या गुरुङले रिमा गुरुङको “लाहुरे दाईले परदेश बाट पठायो खबर” गीतको बेजोड प्रस्तुतिमा केन्टबासी गुरुङहरुले नाचेर साथ दिएका थिए। उक्त संस्कृतिक कार्यक्रम पबित्र गुरुङ र सुमित्रा गुरुङले संचालन गरेका थिए।

युवा युवतीहरुको एकदमै बाक्लो उपस्थिति भएको सो कार्यक्रममा युवा युवतीहरु बाटै सुन्दर गुरुङ नित्यहरुका साथै कार्यक्रमको अन्त्य अन्य तिर प्रेम कुमारी गुरुङ र वहाँको टिमले राफल ड्र सन्चालन गरेका थिए। उक्त ल्होसार कार्यक्रमलाई सुनमा सुगन्ध थपी रमाइलो गुरुङ नित्यहरु प्रस्तुत गरि उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिनु भएकोमा संस्थाको तर्फबाट सबै कलाकार भाईबहिनिहरु लाई मुरि मुरि धन्यवाद दिदै सानो सम्झना स्वरुप मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रमको अन्तमा सबैजनाले आफुखुशीको नाच नाचेर भरपुर मनोरन्जन लिएको थियो भने डिजेमा बि सि राई र नयन्द्र राईले भिडियो ग्राफरको भुमिका निर्बाह गरेको थियो।