यहि गत १० डिसेम्बर २०११ शनिश्चबार को दिनमा गुरुङ सोसाइटी केन्ट को तेस्रो कार्य समितिले बार्षिक साधारण सभा पूर्ण रुपमा सम्पन्न गरेको छ। उक्त सभा सोर्नक्लिफ को मेकन्जी ड्राईभ मा अबश्थित सामुदायिक भवन भित्र सम्पन्न भएको थियो भने यस सभा मा झन्डै ५० जना भन्दा बढी को संख्या मा सदस्य हरु को उपस्थिति रहेको थियो। झन्डै बिहान को सवा एघार बजे तिर सोसाईटी को उपाधक्ष्य श्री लोक गुरुङ ज्यु बाट सबै लाई सभामा स्वागत गर्दै सभा सुचारुपले अगाडी बढेको थियो भने सो सभा लाइ गुरुङ सोसाइटी केन्ट को बर्तमान अधक्ष्य श्री चित्र गुरुङ ज्यु ले अधक्ष्यता गर्नु भएको थियो । यस सभामा बिशेष गरि गुरुङ सोसाइटी केन्ट ले आयोजना गर्न गई रहेको यस वर्ष को गुरुङ हरुको महान पर्ब ल्होसार लाई केन्द्रित गरि छलफल गरिएको थियो भने अन्य यस बर्षभरि गरिएको त्रैमाशिक सभामा उठेका र निर्णय गर्न बाँकी रहेका बिषयहरुमा पनि बिस्तृत छलफल गरिएको थियो। सोसाइटी का महासचिब श्री गम गुरुङ ज्यु ले तेस्रो कार्य समितिको प्रथम बार्षिक प्रतिबेदन पढेर प्रस्तुत गर्नु भएको थियो। उक्त प्रतिबेदन लगायत अन्य सभामा छलफल गरिने बिषय हरुलाई पावर पोइन्ट मा पनि देखाईएको थियो। सोसाईटीको कोषाअधक्छ्या श्री याम गुरुङ ज्यु बाट सोसाईटी को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने सोसाईटी कै सदस्याता सचिब श्री सुर्य गुरुङ ज्युले सोहि दिनमा सदस्याता लिनु भएका नयाँ सदस्यहरु लाई सोसाईटी को तरफ बाट बधाई अनि स्वागत गर्नु भएको थियो।

सोसाईटी को खाना तथा पिय पदार्थ सदस्य श्री भिम तमु ज्यु ले यस बर्ष को ल्होसार पर्वमा खाना को लागि प्रबन्ध गर्ने जिम्मेबारी फोल्कस्टोन ओरीएन्तल् बफेट का संचालक अमर गुरुङ ज्युलाई र पिय पदार्थ उपलब्ध गराउने जिम्मेबारी गोर्खा हिल पसल का संचालक श्री चन्द्र गुरुङ ज्यु लाई दिएको जानकारी गराउनु भयो र खाना अनि पिय पदार्थको मेनु लिस्ट पनि उपस्थित सबै लाई उपलब्ध गराईएको थियो। त्यस्तै गरि सोसाईटी को फूटबल ओ. आई. सी. श्री सुर्य गुरुङ ज्यु ले औपचारिक रुपमा सोसाईटी लाई फूटबल को ड्रेस उपलब्ध गराउने पुरा बचन गोर्खा हिल पसलका संचालक तथा सोसाईटी कै सदस्य श्री चन्द्र गुरुङ ज्यु ले दिनु भएको बारे उपस्थित सबै लाई जानकारी गराउनु भयो र कस्तो डिजाईन र रंग को ड्रेस बनाउने भन्ने बारे पावोर पोइन्ट को प्रयोग गरि उदाहरनिय ड्रेस हरुको बारे छलफल गरि निर्णय पनि भएको थियो।
सभा को अन्त मा सोसाईटी कै कार्य समिति सदस्य हरु क्रमश: श्रीमती निशा गुरुङ, श्रीमती अभिमाया गुरुङ र श्रीमती कमला गुरुङ को संयुक्त प्रयासमा वहाँ हरु लगायत आशफोर्ड मा बसोबास गर्नुहुने अन्य गुरुङ दिदि बहिनि हरु को प्रयासले तिहारमा देउशी भैलो खेली जम्मा गर्नु भएको रकम मुस्ठा £४१६.०५ सोसाईटी लाई आबश्यक पर्ने भौतिक समानहरु खरिद गर्नमा आर्थिक सहयोग गर्ने निर्णय गरि सोसाईटी का बर्तमान अधक्ष्य श्री चित्र गुरुङ ज्यु लाई हस्तान्तरण गर्नु भएको थियो ।
उपस्थित सबै जना गोर्खा हिल पसल बाट तयार पारिएको आलुदम, मोमो, सेल रोटी, चट्नी आदिको भोजन गरिसके पछी सभा झन्डै दिनको साढे चार बजे तिर समाप्त भएको थियो ।
जी.एस.के. समाचारदाता ।